images
images

यी हुन् सरकारले घोषणा गरेका ३३ विपद् संकटग्रस्त स्थानीय तह

सिन्धुपाल्चोक र मनाङका स्थानीय तह परेनन्


  • 334
    SHARES
  • २०७८ मंसिर २३ गते बिहीबार

    यी हुन् सरकारले घोषणा गरेका ३३ विपद् संकटग्रस्त स्थानीय तह

    काठमाडौं। सरकारले १० जिल्लाका ३३ स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयले सुदूरपश्चिमका छ जिल्लाका २० स्थानीय तह, प्रदेश १ स्थित तीन जिल्लाका ११ स्थानीय तह र लुम्बिनी प्रदेशको एक जिल्लाका दुई स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

    विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी यो घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ । ३३ स्थानीय तहलाई संकटग्रस्त शहर मान्दा सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु गाउँपािलका, मनाङको चामे गाउँपालिका लगायतलाई यो सूचीमा राखिएको छैन । यी स्थानीय तहमा अघिल्लो वर्षा बाढी र पहिरोको निकै ठूलो जोखिम रहेको थियो । यी दुई जिल्लाका स्थानीय तहलाई यसअघि यस्तो सूचीमा राखिएको थियो । असोज मसान्तपछि यो सूचीबाट यी जिल्लाहरु स्वत: हटैका छन् । 

    यी हुन् विपद् संकटज्रस्त स्थानीय तह

    नवदुर्गा गाउँपालिका, डडेल्धुरा
    अमरगढी गाउँपालिका, डडेल्धुरा
    आलिताल गाउँपालिका, डडेल्धुरा
    गन्यापधुरा गाउँपालिका, डडेल्धुरा
    परशुराम गाउँपालिका, डडेल्धुरा
    थलारा गाउँपालिका, बझाङ
    वित्थडचिर गाउँपालिका, बझाङ
    खप्तडछान्ना गाउँपालिका, बझाङ
    जयपृथ्वी गाउँपालिका, बझाङ
    सिलगढी नगरपालिका, डोटी
    केआईसिंह गाउँपालिका, डोटी
    आदर्श गाउँपालिका, डोटी
    जोरायल गाउँपालिका, डोटी
    सायल गाउँपालिका, डोटी
    हिमाली गाउँपालिका, बाजुरा
    जगन्नाथ गाउँपालिका, बाजुरा
    सिगास गाउँपालिका, बैतडी
    शिवनाथ गाउँपालिका, बैतडी
    दुहुँ गाउँपालिका, दार्चुला 
    अपि हिमाल गाउँपालिका, दार्चुला
    इलाम नगरपालिका, इलाम
    सूर्योदय नगरपालिका, इलाम
    फाकफोकथुम गाउँपालिका, इलाम
    माङसेबुङ गाउँपालिका, इलाम
    देउमाइ गाउँपालिका, इलाम
    सन्दकपुर गाउँपालिका, इलाम
    फिदिम नगरपालिका, इलाम
    मिक्लाजुङ गाउँपालिका, इलाम
    फाल्गुनन्द गाउँपालिका, इलाम
    तुम्बेवा गाउँपालिका, इलाम
    चौबिसे गाउँपालिका, धनकुटा
    बुटवल उपमहानगरपालिका, रुपन्देही 
    रोहिणी गाउँपालिका, रुपन्देही


    images
    images

    Logo