काठमाडौं । भारतीय सेनाध्यक्ष विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । भारतीय सेनाको एमआई सिरिजको उक्त विमान घना जंगलमा खसेको हो ।
सो हेलिकोप्टर तमिल नाडुको कुन्नरस्थित घना जंगलमा खसेको जनाइएको छ । हेलिकोप्टरमा सवार रावत र उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।