images
images

नाडा साधारणसभाको उद्घाटन सत्र सकियो, चुनावी सत्र सुरु


  • 488
    SHARES
  • २०७८ मंसिर २२ गते बुधबार

    नाडा साधारणसभाको उद्घाटन सत्र सकियो, चुनावी सत्र सुरु

    काठमाडौं । नाडा अटोमोबाइल्स एसोशियसन अफ नेपाल ४५औं वार्षिक साधारण सभा अन्तर्गत उद्घाटन सत्र सकिएको छ ।  काठमाडौंको होटल सोल्टीमा अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सम्पन्न गरिएको हो । 

    कार्यक्रममा बोल्दै राजश्व संकलनको क्षेत्रमा नाडाको योगदान निकै महत्वपूर्ण रहेको बताउँदै अब आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपालमै दुईपाङ्ग्रे र ४ पांग्रे गाडी उत्पादनमा लाग्नुपर्ने उनले बताए । उनले आयात प्रतिस्थापन गर्न विद्युतीय सवारी साधनको निर्माणमा समेत जोड दिए । 

    कार्यक्रममा अटोमोबाइल्स क्षेत्रका उद्योगीहरुले देशको राजश्वमा महत्वपूर्ण योगदान दिइरहेको यो क्षेत्रमा सरकारले लगाम लगाएको गुनासो गरे ।  एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले यो क्षेत्रले देशमा २० लाख भन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिएको बताउल्लेख गरे । तर, अहिले गाडी किन्दा ५० प्रतिशत भन्दा बढी ऋण नदिएर लगाम लगाउन खोजेको भन्दै उनले खुखेसो पोखे । कार्यक्रममा वक्ताहरुले देशमा चारपांङ्ग्रे गाडी एसेम्बल गर्न पार्टपूर्जाको आयातमा भन्सार छुट अझै बढाउनुपर्ने बताए ।

    कार्यक्रममा नाडाले नेपाल प्रहरीका ४ जवानलाई सम्मान गरेको छ । सम्मान हुनेमा प्रहरी निरीक्षक छविलाल ढकाल, भोलासिंह अधिकारी, बाबुराम नेपाल र प्रभात ढकाल छन् । योसँगै नाडाको ४५ औं साधारणसभा बन्सत्रमा प्रवेश गरेको छ । यो सत्रमा अध्यक्ष्ँको प्रतिवेदन पेश गरी पारित गर्ने तथा नयाँ नेतृत्वका चयन प्रक्रिया अघि बढ्नेछ । 

    अहिले नाडाको १८ सदस्यीय कार्यसकितिका लागि दुई प्यानल मैदानमा उत्रिएका छन् । करण चौधरी र ध्रुव थापाले प्यानलसहित उम्मेदवारी दिँदा बन्दसत्र थप रोचक बन्दै गएको छ । 

     


    images
    images

    Logo