images
images

सात व्यावसायिक फर्मलाई कारबाही


  • 413
    SHARES
  • २०७८ मंसिर २२ गते बुधबार

    सात व्यावसायिक फर्मलाई कारबाही

    वागमती  खरीद गरेको बिल नदेखाउने पर्साको वीरगञ्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले आज कारबाहीसहित जरिवाना  गरेको छ । 

    उपमहानगरपालिका अन्तर्गत बजारका विभिन्न क्षेत्रमा रहेका सात व्यावसायिक  फर्मलाई खरिद बिल देखाउनमा असमर्थ भएपछि  ५ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको सो कार्यालयका सूचना अधिकारी दिलीप खङ्गले जानकारी दिए । 

    कार्यालयबाट प्राप्त जानकारीअनुसार यसरी कारबाहीमा परेका वीरगञ्जका व्यासायिक फर्ममा  बालाजी डिपार्टमेन्टल स्टोर, न्यू गेजेटस् जोन, रुचि सपिङ सेन्टर, कादमिया स्टोर, नेपाल म्युजिक सेन्टर, न्यू मेलोडी र राइट च्वाइस स्टोरलाई जरिवानासहित सचेत गराइएको बताइएको छ । उपभोक्ता  संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम  कादमिया स्टोरलाई ५ हजार रुपैयाँ र अन्य सम्पूर्ण व्यावसायिक फर्मलाई जनही १० रुपैयाँ जरिवाना गरिएको हो । 

    सो कार्यालयसहित जिल्ला प्रशासन कार्यालय पर्सा, प्रहरी र उपभोक्ता हितसम्बन्धी संस्थाका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको अवस्थामा ती फर्महरुले खरिद बिल नदेखाएको कारबाही गरिएको सूचना अधिकारी खङ्गले बताऐ ।  


    images
    images

    Logo