images
images

रोजगारीका समस्या हटाउन ३ कार्यदल गठन, १५ दिने कार्यादेश


  • 374
    SHARES
  • २०७८ मंसिर २१ गते मंगलबार

    रोजगारीका समस्या हटाउन ३ कार्यदल गठन, १५ दिने कार्यादेश

    काठमाडौं । आन्तरिक रोजगारको व्यवस्थापन तथा वैदेशिक रोजगारीको समस्या समाधानका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३ वटा कार्यदल गठन गरेको छ । मन्त्रालयले  एकीकृत संरचनामार्फत सीप विकास सम्बन्धि तालिम संचालन गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन मन्त्रालयका सहसचिवको नेतृत्वमा छुट्छाछुट्टै अध्ययन कार्यदल बनाएको हो ।

    अहिले फरक फरक निकायबाट सञ्चालन हुँदै आएको कार्यक्रम अब एकीकृत संरचनामार्फत् सञ्चालन हुनेछ । त्यसकालागि व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक बद्रीनाथ अधिकारीको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाइएको छ । राष्ट्रिय योजना आयोग र अन्य विभिन्न मन्त्रालयका प्रतिनिधिहरु सदस्य रहेका छन् । 

    त्यस्तै, मन्त्रालय र मातहतका विभिन्न निकायको संगठनात्मक संरचनाको अवस्था अध्ययन गर्न अर्को कार्यदल बनाइएको छ । मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदल गठन गरिएको हो । वैदेशिक रोजगार विभाग तथा कार्यालयका समस्याका साथै श्रम सहचारी नियुक्ती मापदण्डबारे पनि सुझाव पेश गर्नेछ । कार्यदललाई १५ दिनको समय दिइएको छ ।

    त्यस्तै वैदेशिक रोजगारी व्यवस्थापन र समग्र कार्यप्रणाली सुधारसम्बन्धी सुझाव दिन सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलले वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरावलोकन र प्रभावकारी कार्यान्वयनको लागि सुझाव दिन भनिएको छ । सबै समितिहरुलाई १५ दिनको समय दिइएको छ ।


    images
    images

    Logo