images
images

४७ करोड ९३ लाखमा भ्यूटावर निर्माण सम्झौता


  • 750
    SHARES
  • २०७८ मंसिर २१ गते मंगलबार

    ४७ करोड ९३ लाखमा भ्यूटावर निर्माण सम्झौता

    काठमाडौँ । वाग्मती प्रदेशको राजधानी हेटौँडामा ४७ करोड ९३ लाख रुपैयाँ लागतमा भ्यूटावरसहितको व्यापारिक भवन निर्माण गर्नेबारे आज हेटौँडामा सम्झौता भएको छ ।  

    हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा निर्माण हुने सो भवनका लागि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई तथा बानियाँ  निर्माण कम्पनीका प्रबन्धक ऋषिराज बानियाँबीच सम्झौता भएको हो । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको उपस्थितिमा सम्झौता भएको उक्त भवन उपमहानगरपालिकाद्वारा निर्माण गर्न लागिएको हो ।

    १२ तल्ले उक्त भवनको नाम हेटौँडा बहुद्देश्यीय व्यापारिक भवन रहेको छ । भवन तीन वर्षभित्र निर्माण हुने बताइएको छ । हुप्राचौरको दक्षिणतर्फ रहेको वासुदेव सभागृहलाई भत्काएर भ्यूटावरसहितको व्यापारिक भवन निर्माण हुने बताइएको छ ।

    उपमहानगरपालिकाका इन्जिनियर सत्यनारायण शाहका अनुसार एक बिघा छ कट्ठा जमिनमा भवन निर्माण गरिने छ । छैटौँ तल्लासम्म व्यापारिक सटर हुनेछ भने छैटौँ तल्लामाथि भ्यूटावर रहने बताइएको छ । सो अवसरमा उपमहानगरपालिका प्रमुख महतले भवन समय अवधिमा पूरा गर्नुपर्ने बताउँदै हेटौँडाको गरिमालाई अगाडि बढाउन मद्दत मिल्ने विश्वास व्यक्त गरे।


    images
    images

    Logo