images
images

धादिङ पुगेर अर्थमन्त्रीले भने, ‘बूढीगण्डकी बनाएरै छाड्ने हो’ 


  • 330
    SHARES
  • २०७८ मंसिर २१ गते मंगलबार

    धादिङ पुगेर अर्थमन्त्रीले भने, ‘बूढीगण्डकी बनाएरै छाड्ने हो’ 

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी बनाउने काम थाल्ने बताएका छन्। धादिङको त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले  आफू अर्थमन्त्री हुँदा नै यसको काम सुरु गर्ने बताएका हुन् । 

    त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो । यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्नेसमेत बताए । 

    विकासका लागि जनताले साथ दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले मध्यपहाडी लोकमार्ग निर्माण पूरा गर्नेसमेत बताए । 


    images
    images

    Logo