images
images

एआई फिचरसहित एनआईबिएल क्यापिटलले सुरु गर्यो च्याटबोट सेवा 


  • 297
    SHARES
  • २०७८ मंसिर २१ गते मंगलबार

    एआई फिचरसहित एनआईबिएल क्यापिटलले सुरु गर्यो च्याटबोट सेवा 

    काठमाडौं । एनआईबिएल एस क्यापिटलले च्याटबोट सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले अनलाईनमार्फत आफ्ना सेवाहरुको बारे जानकारी दिन यस्तो सेवा सञ्चालनमा ल्याएको हो । सो च्याटबोटमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को फिचर समेत जोडिएको क्यापिटलले जनाएको छ । 


    नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सो क्यापिटलले पछिल्लो समय अनलाइन सेवा विस्तार गर्दै गएको छ । यसै क्रममा केही दिन अघिमात्रै अनलाइनबाटै एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) का इकाइहरु खरिद गर्ने व्यवस्था गरेको थियो । 


    यी सेवाबाट ग्राहकहरुले कम्पनीको सेवाहरुको बारेमा सजिलै जानकारी लिन सक्नुका साथै भौतिक उपस्थिति बिना नै सेवा लिन सहज हुने विश्वास क्यापिटलले व्यक्त गरेको छ ।


    images
    images

    Logo