काठमाडौं । महाधिवेशनमा एमालेजस्तो काँग्रेसले शक्ति प्रदर्शन नगर्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताइ । मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।
प्रधानमन्त्री देउवाले आफूले पार्टीको विधानबमोजिम एक पटक पुनः सभापतिमा उम्मेदवारी दिने बताउँदै सहयोगका लागि सञ्चारकर्मीलाई आग्रह समेत गरे । उनले आफू प्रधानमन्त्री पनि रहेको र एक पटक पुनः सभापति जितेमा अझै राम्रो गर्ने उल्लेख गरे ।