images
images

सीपाडोलको १ रोपनी जग्गा लिलामी गर्दै ऋण असुली न्यायाधीकरण, न्यूनतम मूल्य ४ लाख रुपैयाँ 


  • 559
    SHARES
  • २०७८ मंसिर २१ गते मंगलबार

    सीपाडोलको १ रोपनी जग्गा लिलामी गर्दै ऋण असुली न्यायाधीकरण, न्यूनतम मूल्य ४ लाख रुपैयाँ 

    काठमाडौं । ऋण असुली न्यायाधीकरणले भक्तपुरको सिपाडोलमा रहेको १ रोपनी जग्गा लिलामी गर्ने भएको छ । तात्कालिन सिनर्जी फाइनान्सबाट लिइएको ऋण नतिर्दा ऋणी शिशिर रञ्जितकारको नाममा रहेको सो जग्गा लिलामी गर्न लागिएको हो । 

    सो जग्गा खरिद गर्न चाहनेले ३५ दिनभित्र न्यायाधीरणको कार्यालयमा निवेदन दिनुपर्ने उल्लेख गरिएको छ । २०७६ सालमा गरिएको मुचुल्कामा सो जग्गाको मूल्य ४ लाख रुपैयाँ कायम गरिएको छ । सो मूल्य नघट्ने गरी मूल्य बोलकबोल गर्नुपर्नेछ । 

    तर लिलामीका लागि खुलाइएको अवधिभित्र ऋणीले फाइनान्सको ऋण चुक्ता गरेमा लिलामी प्रक्रिया स्थागित हुने समेत उल्लेख गरिएको छ ।  

    auction.jpg


    images
    images

    Logo