images
images

पुँजीबजार सुधारका लागि भन्दै शेयर लगानीकर्ताले बनाए नयाँ कार्यदल, संयोजकमा अम्बिका पौडेल


  • 507
    SHARES
  • २०७८ मंसिर २० गते सोमबार

    पुँजीबजार सुधारका  लागि भन्दै  शेयर लगानीकर्ताले बनाए नयाँ कार्यदल, संयोजकमा अम्बिका पौडेल

    काठमाडौं । पुँजीबजारमा पछिल्लो समय देखिएका समस्याहरु समाधान गर्न भन्दै विभिन्न लगानीकर्ता संघका प्रतिनिधिहरु सम्मिलित कार्यदल बनेको छ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा कार्यदल बनाइएको हो । 

    लगानीकर्ताको सोमबार भएको बैठकले एकतावद्द र सामुहिक पुँजीबजारसम्बन्धी माग पूरा गराउने उद्देश्य राखिएको छ । कार्यदलले सरकारसँग ३ बुँदे माग समेत गरेको छ । 

    १. शेयर दलाल मार्फत मार्जिन ट्रेडिङ कर्जा व्यवस्था पूर्ण रुपमा कार्यन्वयनमा नआएसम्म शेयर धितो कर्जामा लगाइएको सीमा पूर्ण रुपमा हटाउनु पर्ने ।

    २. लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेप्सेको प्रमुखहरुको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गरिनु पर्ने ।

    ३. पुँजीबजारको विकास र विस्तारको लागि अर्थ मन्त्रालयले ३ वर्ष अघि नै गरिसक्न्ने भनेको ५८ बुँदेको कार्यतालिका सहितका बाँकि कामहरु तत्काल गर्नु पर्ने ।

    उक्त मागहरु पूरा गरी पुँजीबजार सम्बन्धी नीति, नियम, प्रविधि, र पूर्वाधारको सुनिश्चितता नभएसम्म एकतावद्द र सामुहिक ढंगले लागिरहने समेत सोमबारको भेलाले अठोट लिएको जनाइएको छ । 


    images
    images

    Logo