images
images

वन उपभोक्ता समितिका पदाधिकारी विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर


  • 261
    SHARES
  • २०७८ मंसिर २० गते सोमबार

    वन उपभोक्ता समितिका पदाधिकारी विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर

    काठमाडौं । भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता विरुद्ध आज विशेष अदालतमा मद्दा दायर गरेको छ ।
     
    आयोगले पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि दमाइँ, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंह बिरुद्ध  १८ लाख ७७ हजार रुपैयाँ बराबरको बिगो भराउन माग गर्दै मुद्दा दायर गरेको हो । 

    सोही उपभोक्ता समितिका सदस्य रणबहादुर बडुवाल विरुद्ध ५ लाख ५० हजार रुपैयाँ र अर्का सदस्य भरतबहादुर बशाही विरुद्ध १ लाख ५० हजार रुपैयाँ सो वन समूहका उपभोक्ता प्रेमबहादुर सिञ्जापति विरुद्ध पनि ८ लाख ८७ हजार रुपैयाँ बराबरको बिगो भराउन माग गरिएको छ । 

    यसैगरी उपभोक्ता हस्तनादेवी शाही विरुद्ध १ लाख १५ हजार रुपैयाँ र अशोक सिंह विरुद्ध  २५ हजार रुपैयाँ बराबरको बिगो माग गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । 

    सेवाग्राहीसँग रु आठ हजार घुस लिएको अभियोगमा वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौँमा कार्यरत नायब सुब्बा दुर्गाप्रसाद पोखरेल विरुद्ध पनि आयोगले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालय परिसरमा रहेको फोटोकपी सञ्चालकसँगको मिलेमतोमा नायब सुब्बा पोखरेलले घुस लिएको आरोप लागेको छ । 


    images
    images

    Logo