काठमाडाें । कञ्चनपुरको पूर्व–पश्चिम राजमार्गमा अवरुद्ध भएको छ । आज बिहान वाणीदेखि झलारीतर्फ गइरहेकाे जीपले ठक्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
वृद्धको मृत्युपछि आक्रोशित स्थानीयवासीले शव पूर्व–पश्चिम राजमार्गमै राखेर यातायात अवरुद्ध गरेका छन् । स्थानीय प्रशासनले राजमार्ग सञ्चालन गर्ने प्रयास गरिरहेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण बोहराले जीप र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनले अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि वैकल्पीक सडक बनाइरहेको बताए ।