images
images

रेल ड्राइभर बन्न के के चाहिन्छ योग्यता ? ३ वर्षसम्म सहचालक बन्नैपर्ने


  • 467
    SHARES
  • २०७८ मंसिर १९ गते आइतबार

    रेल ड्राइभर बन्न के के चाहिन्छ योग्यता ? ३ वर्षसम्म सहचालक बन्नैपर्ने

    काठमाडौं । सरकारले रेल सञ्चालनमा लागि रेल्वे अध्यादेश ल्याएको छ । संसदको हिउँदे अधिवेशव बोलाउनुअघि सरकारले शक्तिशाली रेल्वे बोर्डको प्रस्तावसहित रेल्वे अध्यादेश ल्याएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको यो अध्यादेश लागु समेत भएको छ । 

    यो अध्यादेशले रेलको सञ्चालनका लागि आवश्यक व्यवस्थापन गर्ने जिम्मा रेल्वे बोर्डलाई दिएको छ । बोर्डले रेल्वे सञ्चालनको सम्बन्धमा सरकारलाई सुझाव दिने, लागि आवश्यक संरचना निर्माण तथा मर्मत सम्भार गर्ने, सुरक्षित र भरपर्दो रुपमा रेल्वे सेवाको सञ्चालन गराउने, सेवा सञ्चालनका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने लगायत जिम्मेवारी तोकिएको छ ।

    बोर्ड यसै पनि शक्तिशाली किन छ भने बोर्डको अध्यक्ष नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका छन् । जबकी सडक बोर्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको नेतृत्वमा चलिरहेको छ । रेल्वे बोर्ड भने मन्त्रीकै नेतृत्वमा थप शक्तिशाली बनाइएको छ । 

    संरचना तयार भएसँगै बोर्डले रेल्वेको जाँच तथा भाडा निर्धारण, समय तालिका प्रकाशन, चालक तथा सहचालक अनुमतिपत्रसम्बन्धी व्यवस्था, विदेशी रेल्वे चालकलाई अनुमति दिनेदेखि रेलमा टिकट लिए नलिएको जाँच गर्नेसम्मको अधिकार पाएको छ । 

    के छन् चालक र सहचालकको योग्यता ? 

    रेल्वे चालक वा सहचालक बन्न मेकानिकल, इलेक्ट्रोनिक वा अटोमोबाइल्स इन्जिनियरिङ विषयमा कम्तीमा डिप्लोमा तहको अध्ययन पूरा गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट रेल चालक वा सहचालकको लाइसेन्स लिएको हुनुपर्ने व्यवस्था गरिएको छ । 

    रेल चालक बन्नको लागि कम्तीमा ३ वर्ष रेल सहचालकको रुपमा काम गरेको अनुभव हुनुपर्ने व्यवस्था समेत गरिएको छ । चालक तथा सहचालकको उमेर २१ वर्षदेखि ४० वर्ष निर्धारण गरिएको छ । 

    टिकट नलिए ५ गुणासम्म जरिवाना

    रेलमा यात्रा गर्दा टिकट नलिइ यात्रा गरे टिकट जाँचकीले भाडादरको ५ गुणासम्म जरिवाना गराउने र जुनसुकै रेल्वे स्टेशनमा पनि सो यात्रुलाई ओराल्नसक्ने व्यवस्था अध्यादेशमा गरिएको छ । 


    images
    images

    Logo