images
images

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग कमल थापा पराजित


  • 554
    SHARES
  • २०७८ मंसिर १९ गते आइतबार

    राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग कमल थापा पराजित

    राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । प्रत्यासी कमल थापालाई हराउँदै उनी राप्रपाको नयाँ अध्यक्ष चुनिन सफल भएका हुन् । 

    कुल ३ हजार ८ सय मत खसेको राप्रपा निर्वाचनमा गणना गर्न बाँकी संख्याभन्दा अग्रता धेरै भइसकेको छ । लिङ्देनको पक्षमा १ हजार ८ सय ४४ मत आउँदा थापाको पक्षमा १ हजार ६ सय १७ मत आएको छ ।  यो २ सय भन्दा  बढीको अग्रता हो ।

    मतपरिणाम सार्वजनिक भए पनि आधिकारिक घोषणा हुन भने बाँकी छ ।


    images
    images

    Logo