images
images

नाडामा फेरिएको राजनीति : चाैधरीलाई युवाको आश, थापालाई ठूला घरानाको


  • 536
    SHARES
  • २०७८ मंसिर १८ गते शनिबार

    नाडामा फेरिएको राजनीति : चाैधरीलाई युवाको आश,  थापालाई ठूला घरानाको

    काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसनको ४५ औं साधारणसभा यही मंसिर २२ र २३ गते हुँदैछ । अटोमोबाइल्स क्षेत्रको सबैभन्दा पुरानो संस्थाको रुपमा रहेको नाडाले आगामी २ वर्षका लागि नयाँ नेतृत्वको चयनको प्रक्रिया अघि बढाएको हो । 

    वर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालको कार्यकाल आगामी साधारणसभासँगै सकिँदैछ । योसँगै अबको नेतृत्वमा को पुग्ने भन्ने प्रतिस्पर्धा तीव्र छ । यसका लागि वर्तमान उपाध्यक्ष करण चौधरी र पूर्व उपाध्यक्ष ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । प्यानलसहित दुई पक्ष उम्मेदवार बन्दा चुनावी प्रतिस्पर्धा अझै रोचक बन्दै गएको छ । 

    नाडालाई नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कै एउटा सशक्त सदस्यको रुपमा लिइन्छ । नाडाको नेतृत्व गरेकाहरु माहसंघकै उच्च नेतृत्वमा रहेकाले पनि यसलाई महासंघ राजनीतिको एउटा पूर्वाधारको रुपमा हेरिने गरिएको छ । नाडा आफैंमा महासंघको वस्तुगत सदस्य हो । तर, यसमा आवद्ध ठूला कर्पोरेट हाउस महासंघमा एशोसिएट्स सदस्य छन् । 

    उता जिल्ला जिल्लामा रहेका नाडाका सदस्यहरुले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुमा समेत गहिरो प्रभाव राख्ने भएकोले नाडा आफैंमा महासंघको सशक्त हिस्सा बन्ने गरेको छ । त्यसो त, अहिले महासंघका अध्यक्ष रहेको शेखर गोल्छा, उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ पनि एशोसिएसनकै नेतृत्वबाट महासंघको राजनीतिमा उदाएका हुन् । 

    त्यस्तै उपाध्यक्षमा पराजीत भएका सौरभ ज्योति पनि नाडाकै पूर्व अध्यक्ष हुन् । त्यसैले पनि नाडाको अध्यक्ष हुँदा महासंघमा एक्सपोजर बढ्ने विश्वास सबैमा छ । यही विश्वासको कारणले पनि यो प्रतिस्पर्धा बढी रोचक बन्न पुगेको हो । 

    नाडा राजनीतिको फ्याक्टर

    ४६ वर्ष पुरानो नाडाको इतिहास अटोमोबाइल डिलरहरुको एशोसिएसनको रुपमा उदाएको थियो । २०७२ सालमा नाम परिवर्तन हुनुअघि यसको नाम नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) थियो । यो नामले साँघुरा अर्थ बोक्ने भएपछि नाम परिवर्तन गरेर नाडा अटोमोबाइल्स एशोसिएसन बनाइएको हो ।  कार्यक्षेत्र व्यापक भएसँगै यो एशोसिएसनमा आवद्ध हुने संख्या पनि बढेको छ । केही वर्ष अघिसम्म १ हजारभन्दा कम रहेको सदस्यको संख्या अहिले ३ हजार २ सय भन्दा माथि पुगिसकेको छ । 

    तर, नेतृत्वकै हिसाबले भन्ने हो भने चाहिँ नाडामा ठूला व्यवसायीकै बढी बाहुल्यता रहेको देखिन्छ । सौरभ ज्योति, शेखर गोल्छा, अञ्जनकुमार श्रेष्ठ, शम्भु दाहाल लगायत ठूला व्यापारिक घरानाबाट प्रतिनिधित्व गर्ने अध्यक्षहरु हुन् । 

    तर, वर्तमान कार्यसमितिमा भने कृष्णप्रसाद दुलाल भाग्यमानी ठहरिए । उनी मध्यम स्तरको व्यापारिक समूहबाट नाडाको नेतृत्व गर्ने व्यक्ति बन्न सफल भए । ठूला व्यवसायिक घरानाबाट पुरानो पुस्ताले नेतृत्व गरिसकेको र नयाँ पुस्ता नेतृत्व गर्ने स्तरमा नपुगेका कारण अघिल्लोपटक ठूला घरानाबाट नेतृत्वमा दावी परेन । मध्यम स्तरका व्यापारी मानिने प्रकाश कपुरीसँग प्रतिस्पर्धामा रहेका दुलाल अन्तिम समयमा कपुरीले उम्मेदवारी समेत फिर्ता लिएपछि सर्वसम्मत रुपमा नेतृत्व हासिल गर्न सफल भएका थिए । 

    दुलालको नेतृत्वसँगै नाडा भनेको ठूला घरानाको संस्था हो भन्ने आरोप एकप्रकारले हट्यो । तर उनलाई पनि काठमाडौ ंकेन्द्रित व्यवसायीकै रुपमा चिनिन्छ । सोही कारण अहिले ध्रुव थापा प्यानलले उपत्यका बाहिरबाट नेतृत्व आउनुपर्ने प्रचार गरिरहेको छ । 

    त्यसो त, यसपटक ठूला घरानाका व्यवसायीहरु पनि दुई प्यानलमा विभाजित भएका छन् । अहिले करण चौधरीको टीममा ठूला घरानिया समूह भन्दा मध्यम र साना व्यवसायीहरुकै बाहुल्यता बढी देखिन्छ । चौधरी आफूले हरेक क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी आफ्नो टीम बनाएको बताउँछन् ।

    अहिले चौधरीको टीममा सदस्यमा सुनिल रिजाल, अनुप बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश कपुरी, नीलममणि पाठक, वरदान बस्नेत, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारी छन् । 

    उता थापाको टीममा भने आकाश गोल्छा, निराकार श्रेष्ठ, दीपक अग्रवाल, कपिल शिवाकोटी, यमुना श्रेष्ठ, अमर ज्योति रञ्जित, नारायण पौडेल, प्रकाश सिग्देल, सञ्जयकुमार खेतान, शुभाशिष थपलिया, यमुना श्रेष्ठ, बि.एन. पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, प्रदिपमान प्रधान, रिद्धि कार्की र सगुन कंसाकार छन् ।

    को बलियो ? 

    नाडाको राजनीतिमा यतिबेला ठूला व्यापारीहरु एक आपसमा विभाजित भएका छन् । अहिलेको प्यानल हेर्दा ठूला व्यवसायिक घरानाका व्यापारीहरुको बाहुल्यता ध्रव थापाको प्यानलमा रहेको देखिन्छ । नाडालाई ठूला व्यापारिक समूहको संस्थाको रुपमा हेर्ने तरिका परिवर्तन नभएकै कारण अहिले थापा प्यानललाई बलियो मान्नेहरु धेरै छन् । 

    त्यसो त थापा समूहको प्रचारप्रसार पनि निकै आक्रामक देखिन्छ । कार्यसमतिमा पहिलोपटक महिलाको प्रतिनिधित्व गराएको र कार्यसमिति इतिहासकै बढी समावेशी भएको दाबी थापा समूहको छ । 

    उता पछिल्लो समय नाडामा थपिएको सदस्यहरुबाट आफूलाई ठूलो समर्थन प्राप्त हुने विश्वास चाैधरी समूहको छ । नयाँ थपिएका उम्मेदवारहरुमा अधिकांश युवा रहेका कारण उनीहरुको बीचमा चाैधरी बढी लाेकप्रिय मानिन्छन् । त्यसो त, आफूले अटोमोबाइल्स अन्तर्गतका सबै क्षेत्रलाई समेट्न सक्नेगरी नयाँ टीम बनाएको चाैधरीको को दाबी छ ।

    तर, प्रचारप्रसारको हिसाबले अहिले यो समूह तुलनात्मक रुपमा कमजोर देखिन्छ । चौधरी आफैं पनि आक्रामक प्रचारप्रसारमा धेरै ध्यान नदिएको स्वीकार गर्छन् । आफू एकपटक मतदातामाझ पुगिकेको भन्दै उनी मतदाताले आफूलाई नेतृत्व गर्न सक्षम देखेमा भोट जिताउने बताउँछन् । यद्यपि अझै पनि नाडाको पक्षम र सर्वसम्मत नेट्टृत्वका लागि अन्तिम समयसम्म पनि आफू तत्पर रहने उनको भनाइ छ ।  


    images
    images

    Logo