images
images

१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ


  • 302
    SHARES
  • २०७८ मंसिर १७ गते शुक्रबार

    १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

    काठमाडौं । १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कास्की पोखरा  ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं  ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेल रहेका छन् ।उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबारकाठमाडौं  एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा.बेन्जामिन फ्रान्कलिन भनेरचिनाउने विदेशी नागरिकले आफूप्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछी सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनि प्रलोभन देखाई भण्डारी र भुजेल समेतको बैंक खाता नम्बरहरू प्रयोग गरी बिभिन्न मितिमा भण्डारीको नामको गरिमा बिकास बैकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजाररुपैयाँ र अन्य मानिहरुबाट थप रकम समेत गरी उक्त नगद पीडितलाई पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।

    उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरीपरिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।


    images
    images

    Logo