काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन यही संसिर २८ गतेका लागि बोलाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर २८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । सो दिन दिनको २ गते संसदको पहिलो बैठक बस्नेछ ।
अहिले संसदमा मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धि सम्झौताको प्रोटोकल विचाराधिन अवस्थामा छ । यो प्रोटोकल संसदबाट अनुमोदन गर्न अमेरिकाले नेपाललाई २८ गतेसम्मको समय दिएको छ । अमेरिकी सहायक मन्त्री डाेनाल्ड लुले नेपाल भ्रमणको क्रममा सम्झाैता अनुमोदनका लागि यो डेटलाइन तोकेका थिए । यो त्यही दिन हो जुन दिन राष्ट्रपति भण्डारीले संसद अधिवेशन बोलाएकी छिन् ।
यसो हुँदा अबको ११ दिनमा एमसीसी पारित गर्ने विषयमा राजनीतिक दलहरुबीच सहमति भए मात्रै यो पारित हुन सक्नेछ । तर, अहिलेसम्मको अवस्था हेर्दा यो पारित हुने देखिँदैन । यसो हुँदा अमेरिकाले गर्न लागेका ५० अर्बको सहयोग फिर्ता हुनेछ ।
एमसीसी फिर्ता हुँदा वर्षौंदेखि विवादमा रहँदै आएको यो सम्झौताको विवाद समेत अन्त्य हुनेछ ।



