images
images

स्वाबलम्बनमा कर्मचारी बर्खास्तीबिरुद्ध फियनले सुरु गर्यो आन्दोलन


  • 1.4K
    SHARES
  • २०७८ मंसिर १६ गते बिहीबार

    स्वाबलम्बनमा कर्मचारी बर्खास्तीबिरुद्ध फियनले सुरु गर्यो आन्दोलन

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा भएको कर्मचारी बर्खास्तीविरुद्ध  नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले आन्दोलन सुरु गरेको छ । बिहीबार विज्ञप्ती जारी गदै फियनले उक्त संस्थाविरुद्ध आन्दोलन सुरु गरेको हो । 

    फियनले सो संस्थाका व्यवस्थापनले ट्रेड युनियनले राखेका मागका सम्बन्धमा वार्ताको माध्यमबाट समस्या समाधान गर्नुको सट्टा श्रमिकको मौलिक हक कुण्ठित गर्नेगरी सुनियोजित र दुराशयपूर्ण किसिमले सेवाबाट बर्खास्त गर्ने सम्मको कार्य प्रति ध्यानार्कषण भएको जनाउँदै लघुवित्तका कर्मचारीमाथि गरिएको कारबाही फिर्ता नहँुदासम्म आन्दोलन जारी राख्ने जनाएको छ । 

    साथै फियनले आफु मातहतका सबै संघहरुलाई समेत आन्दोलनका कार्यक्रम जारी राख्न आह्वान गरेको छ । 

    fieun swsbalamban 1.jpg

    fieun swsbalamban 2.jpg

     

     


    images
    images

    Logo