images
images

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी


  • 560
    SHARES
  • २०७८ मंसिर १५ गते बुधबार

    राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक ६ वटा अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ती अध्यादेशहरु जारी गरेकी हुन् । 

    भण्डारीले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण तथा समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८, सामाजिक सुरक्षा अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।

    अध्यादेश-जारी_2078.jpg  


    images
    images

    Logo