images
images

स्पुतनिक भ्याक्सिन ल्याउने प्रकृया अगाडि बढ्यो 


  • 356
    SHARES
  • २०७८ मंसिर १५ गते बुधबार

    स्पुतनिक भ्याक्सिन ल्याउने प्रकृया अगाडि बढ्यो 

    काठमाडौं । सरकारले रसियन स्पुतनिक भ्याक्सिन खरिदका लागि प्रकृया अगाडि बढाएको छ । कोरोनाभाइरसको महामारीका बिच सरकारले सो प्रकृया अगाडि बढाएको हो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रसियाको सरकारी अनुसन्धान संस्था गामालिया नेशनल रिसर्च सेन्टर फर इपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजीद्धारा उत्पादित खोप स्पुतनिक भी को बारेमा किन्ने प्रकृया र उत्पादनको संभावना बारेमा जानकारी मागेको हो ।

    विश्वका ७१ भन्दा बढि देशहरुमा आधिकारिकता प्राप्त गरेको स्पुतनिक भी (गाम कोभिड भ्याक्सिन समेत भनेर चिनिने) यो खोप १२ वर्षभन्दा मागि उमेरका व्यक्तिहरुलाई लगाउन मिल्नुका साथै लगाएपछि २ वर्षसम्म प्रभावकारी भएको हुँदा पटक पटक अन्य खोप किन्ने र रकम विदेश जाने अवस्थाको अन्त्य हुनेछ। यस बाहेक विश्व बजारमा रहेका अन्य खोपहरुको प्रभावकारीता ६ देखि ९ महिना मात्र भएको हुँदा सरकारले यस खोपको बारेमा चासो दिँदै प्रकृया अगाडि बढाएको हो ।

    सो भ्याक्सिन सरकार र सरकार बीच जी टू जी को माध्यमबाट चाँडै नै कसरी उपलब्ध गराउन सकिन्छ र नेपालमा नै कसरी उत्पादन गरी आम सर्वसाधारणलाई लगाउन सकिन्छ भन्ने बारेमा बिस्तृत जानकारी पठाउन भन्दै पत्र पठाएको हो ।
    यसअघि कोरोनाको भ्याक्सिन नेपालमा नै उत्पादन गर्नको लागि सरकारले मन्त्रिपरिषदबाट नयाँ नीति तथा कार्यक्रम पारित गरेको थियो भने सोहि आधारमा भ्याक्सिन उत्पादन प्रकृया र नेपालले पाउने सहुलियतको बारेमा गामालियासँग जानकारी दिन भनेको हो ।
    दुबै देशका सरकारहरुबिच सम्झौता गरेर रसियन भ्याक्सिन उपलब्ध गराउनुका साथै नेपालमा नै सरकारले उत्पादन गर्नसक्ने गरी रसियाको सरकारी अनुसन्धान संस्था गामालिया नेशनल रिसर्च सेन्टर फर इपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजीले प्रस्ताव गरेको थियो। सो प्रस्तावमा नेपालमा भ्याक्सिन उपलब्ध हुने र नेपालमा नै निकै न्यून लागतमा उत्पादन गरेर निर्यात समेत गर्न सकिने भन्दै त्यसमा लगानी समेत उपलब्ध गराउने उल्लेख गरेको थियो ।

    अहिले विश्व बजारमा उपलब्ध रहेका अन्य भ्याक्सिनहरु भन्दा निकै प्रभावकारी मानिएको र यो खोप लगाएपछि २ वर्षसम्म प्रभावकारी रहने सो भ्याक्सिन नेपालमा उत्पादन गरेर विदेश निर्यातका लागि समेत सहजीकरण गर्ने बताएको छ ।
    रसियामा रहेका नेपालीहरुको सहयोग र सम्पर्कको आधारमा उत्पादक संस्था गामालियाले नेपालको सरकारसँग सहकार्य गर्न चाहेको हो । जसमा नेपाली संस्था रियालन्स ट्रेड एण्ड इन्भेस्टमेन्ट कम्पनी प्रालिले नेपाल सरकारसँग आवश्यक प्रकृया पुरा गर्नका लागि सहजीकरणको काम गरिरहेको छ ।

    नेपालको सबैभन्दा पूरानो मित्र राष्ट्र भएको नाताले र नेपालीहरुसँगको आत्मियताका कारण समेत उत्पादक गामालियाले नेपालीहरुलाई प्राथमिकतामा राखेर भ्याक्सिन दिने र नेपाल भित्रै सो भ्याक्सिन उत्पादन गराउन सहयोग गर्ने भनेको हो । जसमा कम्पनीले आवश्यक पर्ने प्राविधिक सहयोग, उत्पादन गर्ने प्रविधि र कच्चा पदार्थ समेत सहजरुपमा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ, जसले गर्दा नेपाल भित्र ३ महिनामा नै स्पूतनिक भी खोप उत्पादन गर्न सकिनेछ ।

    त्यसैगरी भविश्यमा उत्पादन हुने भ्याक्सिन विश्व बजारमा निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्न समेत सहयोग गर्ने स्पष्ट पारिसकेको छ। नेपालमा उत्पादन प्रकृया शुरु गरेपछि स्पूतनिक भी उत्पादक संस्थाले कोरोनाभाइरस महामारीलाई ध्यानमा राखेर ३ महिनाभित्रै उत्पादन गर्न सहयोग गर्नेछ ।

    पछिल्लो समयमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट देखिएसँगै विश्वका विकसित मुलुकहरुमा संकटकाल लगाउने र सुरक्षा अपनाउने कार्य भईरहेको बेलामा तेस्रो मात्रा अर्थात बुस्टर डोज समेत लगाउन थालिएकोछ । यस्तो बेलामा एक पटक यो खोप लगाएपछि २ वर्षसम्म यसको प्रभावकारीता रहने अनुसन्धानले नै देखाईसकेको छ र पुष्टि भईसकेको छ ।

    यस्तो अवस्थामा आगामी दिनमा नेपालीहरुलाई समेत बुस्टर डोज उपलब्ध गराउनुपर्ने देखिन्छ । जसमा ठूलो वैदेशिक मुद्रा विदेशिने निश्चित छ । तर स्थानिय स्तरमा स्पूतनिक भी खोप उत्पादन गर्न सकिएको खण्डमा नेपालीहरुको खोप सुनिश्चित हुनेछ भने सरकारले चुनौतीलाई अवसरमा बदल्ने मौका समेत प्राप्त गर्नेछ । 

    स्वदेश भित्रै स्पूतानिक भी खोप उत्पादन गर्नको लागि ३ महिनाभित्रै प्लान्ट राखेर उत्पादन गर्न सकिने अवस्थामा सरकारले खोप निर्यात गरेर ठूलो धनराशी बचाउनुका साथै नेपालीहरुलाई कोरोनाभाइरसबाट समेत बचाउन सक्नेछ । जसको लागि स्पूतनिक भी खोप स्वदेशमा नै उत्पादन गर्ने गरी सुनिश्चित गर्नु र प्रकृयालाई सकेसम्म चाँडो सम्पन्न गर्नु उचित हुन्छ।
    यसले मित्र राष्ट्रहरु बिचको सम्बन्धलाई समेत सुदृढ पार्दछ भने देशभित्रै खोप उत्पादन गरेर आर्थिक समृद्धि समेत हासिल गर्न सकिनेछ ।


    images
    images

    Logo