काठमाडौं । मोबाइलको उत्पादन अब नेपालमै थाल्न अर्थमन्त्री जनार्दन शर्माले मोबाइल व्यवसायीलाई आग्रह गरेका छन् । बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । यसका लागि व्यवसायी अघि बढे आवश्यक सहयोग गगर्ने उनले बताए ।
उनले देशमा हुने अवैध मोबाइल कारोबार नियन्त्रण गर्न एमडीएमएस लागु गर्न ध्यानाकर्षण गराउँदै यो रोकिएपछि नेपालमै मोबाइल उत्पादन सहज हुने उल्लेख गरे । शर्माले अवैध रुपमा हुने कारोबार र राजश्व चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने समेत बताए ।