images
images

स्वावलम्बनको केन्द्रीय कार्यालयमा सीईओ हराएको सूचना !


  • 494
    SHARES
  • २०७८ मंसिर १४ गते मंगलबार

    स्वावलम्बनको केन्द्रीय कार्यालयमा सीईओ हराएको सूचना !

    काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित कुमारी हल नजिकै छ स्वावलम्बन लघुवित्तको केन्द्रीय कार्यालय । राष्ट्रिय स्तरको यो लघुवित्त उपत्यकामा केन्द्रीय कार्यालय राख्न पाउने थोरै लघुवित्त संस्थामध्येमा एक पर्छ । 

    तर, करिब ४ महिनादेखि यो कार्यालय व्यवस्थापनबिहीन छ । विभिन्न माग राख्दै कर्मचारी युनियनले धर्ना तथा नाराबाजी गर्न थालेपछि कार्यालयका रहेका करिब ३ दर्जन कर्मचारी यतिबेला अफिस आएका छैनन् । 

    त्यसरी अफिस नआउनेमा संस्थाका प्रमुख कार्यकारी अधिकृतदेखि उच्च व्यवस्थापकीय तहका कर्मचारी छन् । उनीहरु कार्यालयमा नआएको लामो समय भइसकेको आन्दोलनरत स्वावलम्बन लघुवित्त कर्मचारी संघका अध्यक्ष पूर्ण अवस्थिले बताए । 

    ‘हामीले आन्दोलन सुरु गरेदेखि अफिसमा कोही पनि आएका छैनन् । होटलबाट कार्यालय चलाइरहेको खबर पाएका छौं,’ अवस्थीले भने, ‘अहिले हामीलाई बर्खास्ती गर्ने निर्णय पनि अफिस बाहिरै बसेर गरिएको छ ।’ गत ९ गते आन्दोलनरत ७ जना कर्मचारीलाई संस्थाले बर्खास्त गर्ने निर्णय गरेको जनाइएको छ । 

    तर कर्मचारीहरु भने अहिले पनि आन्दोलनमै छन् । तर, लामो आन्दोलन गर्दा पनि सीईओ लगायत उच्च व्यवस्थापनले कुरा नसुनेको बरु अफिसमै नआएर बेपत्ता भएको भन्दै उनीहरुले अफिसमै सूचना याँसेका छन्, ‘कार्यकारी प्रमुख हराएको सूचना !’

     


    images
    images

    Logo