images
images

बैंक तथा वित्तीय संस्थामा १ अर्ब १० करोड निक्षेप राख्दै राष्ट्र बैंक


  • 357
    SHARES
  • २०७८ मंसिर १४ गते मंगलबार

    बैंक तथा वित्तीय संस्थामा १ अर्ब १० करोड निक्षेप राख्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब १० करोड निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा समेत गरी सो परिमाणमा मुद्दती खातामा लगानी गर्न लागेको हो ।  

    जसअनुसार वाणिज्य बैंकमा ८८ करोड, विकास बैंकमा १६ करोड र फाइनान्स कम्पनीमा साढे ५ करोड रुपैयाँ निक्षेप राखिनेछ । निक्षेपको अवधि ३ सय ६६ दिनको हुनेछ । मंरि २९ गतेदेखि लागु हुनेगरी निक्षेप प्रारम्भ हुने जनाइएको छ । 

    निक्षेप संकलन बोलकबोलका लागि बैंकहरुलाई मंसिर १७ गते दिउँसो १ बजेसम्मको समय दिइएको छ । 


    images
    images

    Logo