images
images

मौद्रिक नीतिको कार्यान्वयनका लागि राष्ट्र बैंकको ५ निर्देशन


  • 271
    SHARES
  • २०७८ मंसिर १४ गते मंगलबार

    मौद्रिक नीतिको कार्यान्वयनका लागि राष्ट्र बैंकको ५ निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयन गर्न ५ वटा निर्देशन जारी गरेको छ । बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा भएको व्यवस्था अनुसार यस्तो निर्देशन जारी गरेको थियो । 

    १. चाँदी आयातमा कडाइ

    राष्ट्र बैंकले चाँदी आयात गर्न प्रतिपटक ३५ हजार अमेरिकी डलरको सीमा तोकेको छ । यसअघि यस्तो सीमा निर्धारण गरिएको थिएन । 

    २. डीएपी र डीएएको परिमार्जन

    राष्ट्र बैंकले डकुमेन्ट अगेन्स्ट पेमेन्ट (डीएपी) र डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स (डीएए) को सीमालाई आधा घटाएको छ । यसअघि यस्तो सीमा १ लाख अमेरिकी डलर रहेकोमा यसलाई ५० हजार डलरमा झारिएको हो ।  

    ३. डेरिभेटिभ कारोबार आधामा सीमित

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले विदेशमा गर्ने डेरिभेटिभ कारोबारको सीमा पनि आधाले घटाएको छ । यसअघि प्राथमिक पुँजीको ३० प्रतिशत रहेको सो कारोबारको सीमा १५ प्रतिशतमा झारिएको हो । 

    ४. वैदेशिक ऋणमा बैंक ग्यारेन्टीको व्यवस्था

    अब उत्पादनमूलक उद्योगले विदेशबाट ऋण लिन चाहेमा वाणिज्य बैंकलाई बैंक ग्यारेन्टी बस्ने बाटो राष्ट्र बैंकले खुला गरिदिएको छ । यसअघि यस्तो व्यवस्था थिएन । यस्तो व्यवस्था नहुँदा नेपाली उद्योगी व्यवसायीलाई विदेशी लगानीकर्ताले सोझै विश्वास गर्नसक्ने आधार बनेको थिएन । 

    ५. एनआरएनलाई बचत खाता

    अब गैर आवासीय नेपालीहरुले डलरमै बचत खाता खोल्न पाउने भएका छ् । यसअघि मुद्दती खाता मात्रै खोल्न पाउने व्यवस्था थियो ।


    images
    images

    Logo