images
images

चाँदीको आयातमा ३५ हजार अमेरिकी डलरको सीमा


  • 588
    SHARES
  • २०७८ मंसिर १३ गते सोमबार

    चाँदीको आयातमा ३५ हजार अमेरिकी डलरको सीमा

    काठमाडौं । चाँदीको आयातमा ३५ हजार अमेरिकी डलरको सीमाको सीमा निर्धारण गरिएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो सीमा निर्धारण गरिएको हो । राष्ट्र बैंकले बैंक ग्यारेन्टी मार्फत् हुने यस्तो आयात चाँदी व्यवसायीले, हस्तकला व्यवसायीले गरगहना वा अन्य वस्तु निर्माण गरी निर्यात गर्ने प्रयोजनका लागि स्वयम् आयात गर्न सक्नेछन् ।

    साथै, राष्ट्र बैंकले बैंक ग्यारेन्टी मार्फत् गरिने अन्य वस्तुको आयातलाई समेत ५० प्रतिशतले घटाएको छ । यसअघिसम्म डकुमेन्ट एगेन्स्ट पेमेन्टमा १ लाख अमेरिकी डलरसम्म आयात गर्न पाइन्थ्यो । त्यसलाई घटाएर राष्ट्र बैंकले ५० हजार अमेरिकी डलरमा सीमित गरेको हो ।

    यस्तै, बैंकले विद्यमान तरलता संकटको समस्या समाधान गर्न विदेशी मुद्राको निक्षेप भित्र्याउने नीतिमा समेत सहजीकरण गरेको छ । केन्द्रीय बैंकले यस अघिसम्म गैर आवासीय नेपालीले न्यूनतम १० हजार अमेरिकी डलरमा न्यूनतम २ वर्षको लागि मात्र मुद्दती खाता खोल्न पाउने सीमालाई संशोधन गर्दै कम्तीमा १ वर्षको लागि ५ हजार अमेरिकी डलरसम्म खाता खोल्न पाउने व्यवस्था गरेको छ ।


    images
    images

    Logo