images
images

ओमिक्रोन भेरियन्टको त्रासमा अष्ट्रेलिया, सीमानाका खोल्ने निर्णय रद्द


  • 350
    SHARES
  • २०७८ मंसिर १३ गते सोमबार

    ओमिक्रोन भेरियन्टको त्रासमा अष्ट्रेलिया, सीमानाका खोल्ने निर्णय रद्द

    काठमाडौं । अष्ट्रेलिया सरकारले आगामी डिसेम्बर १ देखि खोल्ने भनेको सीमानाका नखोल्ने निर्णय गरेको छ । कोभिड १९ को ओमिक्रोन भेरियन्ट देखिएका कारण हाल सरकारले यही बुधबारदेखि अन्तर्राष्ट्रिय सीमाना खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको हो ।

    सो निर्णयका कारण  यही बुधबारदेखि अस्ट्रेलिया जानका लागि तयारी अवस्थामा बसेका सयौं नेपाली विद्यार्थीहरुलाई समेत प्रत्यक्ष असर परेको छ ।  प्रधानमन्त्री स्कट मरिसनले  कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन बारे थप जानकारी लिनुपर्ने भन्दै अष्ट्रेलियाले दुई साता  (डिसेम्बर १५ तारिखसम्म)  सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।


    images
    images

    Logo