images
images

१० सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय, को कहाँ पुगे ?


  • 361
    SHARES
  • २०७८ मंसिर १३ गते सोमबार

    १० सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय, को कहाँ पुगे ?

    काठमाडौं । सरकारले १० जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । 

    निर्वाचन आयोगका सचिव सुरेश अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन्। 

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि (शिक्षा) मन्त्रालयमा सरुवा गरिएको छ ।

    शिक्षाविज्ञान तथा प्रविधि  मन्त्रालय शिक्षातर्फका सचिव रामप्रसाद थपलियालाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । 

    शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा राखिएको छ । 

    ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । 

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीको निर्वाचन आयोगमा सरुवा भएको छ । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव भरतमणि सुवेदीलाई आयोगमा  पठाइएको छ ।


    images
    images

    Logo