काठमाडौं । जापान सरकारले नेपाल लगायत १ सय १४ देशबाट जापान प्रवेशमा गर्न रोक लगाएको छ । कोभिड १९ को ओमिक्रोन भेरियन्टको संक्रमण छिर्न नदिनको लागि पूर्व सावधानी स्वरुप जापान सरकारले सो निर्णय गरेको हो ।
जापानी प्रधानमन्त्री फुमिओ किशिदाले मंगलबार राति १२ बजेदेखी लागु हुने गरी उक्त निर्णय गरेको छ ।
यसै महिनाको सुरुमा जापानले आफ्नो अन्तर्राष्ट्रिय सीमाना खुकुलो पार्दै छोटो समयका लागि व्यापारी, विदेशी विद्यार्थी र कामदारलाई प्रवेश गर्न दिने बताएको थियो ।
निकट भविष्यमा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएका क्षेत्रहरुमाथि नयाँ नियम लगाउन सक्ने प्रबल सम्भाबना रहेको छ ।