वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले साढे २ किलो चरेस बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित शंकराचार्य गेटबाट प्रहरीले सो परिमाणको चरेससहित भारत घर भएका ६५ वर्षीय रामबालक साहलाई पबक्राउ गरेको हो ।
विल्ला प्रहरी कार्यालय मातहतको इनर्वा प्रहरी चौकीबाट खटिएको नियमित चेकिङका क्रममा साइकलमा रक्सौलतर्फ जाँदै साहलाई रोकी खानतलासी सो चरेस फेला परेको प्रहरीले जनाएको छ । उनलाई लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको समेत प्रहरीले जनाएको छ ।