images
images

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु


  • 324
    SHARES
  • २०७८ मंसिर १३ गते सोमबार

    छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    काठमाडौं । देशका विभिन्न स्थानमा भएको दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ । काठमाडौं, बर्दिया, महोत्तरी, कपिलवस्तु, नवलपरासी (पूर्व) र कैलालीमा भएका छुट्टाछुट्टै दुर्घटनामा सा. संख्यामा मृत्यु भएको हो । 

    काठमाडौंको डल्लुमा आइतबार साँझ टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । अन्दाजी ४० वर्षको ती व्यक्तिको नाम खुलेको छैन । हाल फरार टिपर चालकको फरार छन् । टिपरलाई भने नियन्त्रणमा लिएको छ । 

    त्यस्तै, बर्दियाको मधुवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका धनीराम चौधरी आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    उता, महोत्तरीको बर्दिवासमा दुई मोटरसाइकल एक आपरसमा ठक्कर खाँदा मोटरसाइकल चालक अरबिन्द साह शंकरको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का मोटरसाइकल चालक सुरेश गजमेर र सोही मोटरसाइकलमा सवार सबिन हायूको उपचार भइरहेको छ  । 

    कपिलवस्तुको वाणगंगामा  बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मनोज थारूको मृत्यु भएको छ । मोटरसाइकलमा सवार संजय थारू घाइते भएका छन् । उनको उपचार भइरहेको छ । 

    त्यस्तै नवलपरासीको कावासोती अटोको ठक्करबाट पैदलयात्री गोपाल चापागाईको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट घाइते भएका मृतककी श्रीमती र छोरालाई सोही अस्पताल हुँदै थप उपचारका लागि भरतपुरतर्फ पठाइएको छ । हाल फरार अटो चालक फरार छन् । 

    कैलालीको गोदावरीस्थित स्याउले चोकमा सवारी साधनको ठक्करबाट पैदलयात्री अन्दाजी २५ वर्षीय एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।


    images
    images

    Logo