काठमाडौं । नेकपा एमालेको दशौं अधिवेशन अन्तर्गत जारी बन्द सत्रमा यतिबेला धमाधम मनोनयनपत्र दर्ता हुँदैछ । केन्द्रीय सस्यदेखि केन्द्रीय अध्यक्षसम्मको लागि पार्टी निर्वाचन आयोगले मनोनयनपत्र दर्ता गर्न थालेको छ ।
तर, यसरी मनोनयनपत्र दर्ता गर्न कति शुल्क बुझाउनुपर्छ त ? आयोगले केन्द्रीय अध्यक्षदेखि सदस्यसम्मको उम्मेदवारीका लागि शुल्क यसप्रकार तोकेको छ । यसमा उम्मेदवारी फाराकमो छुट्छै एक सय रुपैयाँ लाग्नेछ ।
अध्यक्ष : १५ हजार
पदाधिकारी : १० हजार
केन्द्रीय सदस्य : ५ हजार,
आयोग अध्यक्ष : १० हजार
आयोग पदाधिकारी र सदस्य : ५ हजार