काठमाडौँ । वाग्मती प्रदेश लोकसेवा आयोगले विभिन्न पदको विज्ञापन खुलाएको छ । आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न स्थानीय तहका लागि १ सय ५७ जना कर्मचारीको माग गरेको हो ।
मदन भण्डारी प्रतिष्ठानका लागि १९ जना र स्थानीय तहका लागि सहायक स्तरका १ सय ३७ जना कर्मचारीको माग गरिएको छ । यससम्बन्धी विस्तृत विवरण ppsc.bagmati.gov.np मा हेर्न सकिने आयोगले जनाएको छ ।