images
images

२५ वर्ष पुरानो कारलाई केयूले बनायो ईभी, अब हाइड्रोजनबाट चल्ने बनाउने


  • 2.0K
    SHARES
  • २०७८ मंसिर १३ गते सोमबार

    २५ वर्ष पुरानो कारलाई केयूले बनायो ईभी, अब हाइड्रोजनबाट चल्ने बनाउने

    काठमाडौं । काठमाडौं विश्वविद्यालयले २५ वर्ष पुरानो पेट्रोल कारलाई विद्युतीय कार (ईभी) मा रूपान्तरण गरेको छ । संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माले चढ्ने गरेको पेट्रोलबाट चल्ने मारूती ८०० कारलाई विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङमा अध्ययन गर्ने विद्यार्थीले बिजुलीबाट चल्ने कारका रूपमा रूपान्तरण गरेका हुन् । रुपान्तरित सो कार यसैसाता परीक्षण गरिने भएको छ । 

    ku-ev-7.jpg

    सो कारको इन्जिनमा छ वटा ब्याट्री जोडिएको छ । सो ब्याट्री एकपटक फूलचार्ज गर्दा गाडी २० किलोमिटरसम्म गुड्न सक्नेछ । विश्वव्द्यिालयले स्थापना गरेको ग्रीन हाइड्रोजन ल्याब अन्तर्गत सो कार रूपान्तरण गरिएको ल्याब प्रमुख डा. विराजसिंह थापाले बताए । 

    थापाका अनुसार पेट्रोलबाट चल्ने सो कारलाई बिजुलीमा रूपान्तरण गर्न करिब पाँच लाख रूपैयाँ खर्च भएको छ । विश्वविद्यालयले सोही कारलाई अबको चार महिनाभित्र हाइड्रोजनबाट चल्ने कारको रूपमा परिवर्तन गर्ने योजना बनाएको छ । यो योजना सफल भएका सो गाडी नेपालमै पहिलो हाइड्रोजन इन्धनयुक्त गाडी समेत हुनेछ ।  

    ku-ev-5.jpg

    यसका लागि अहिले कार्ययोजना अनुसार अन्य सबै काम सकेर आवश्यक सामान आयातको टेण्डर गरिएको थापाले बताए । सो सामान आएको दुई साताभित्रै सो कारलाई हाइड्रोजनबाट चल्नेमा रूपान्तरण गरी परीक्षण गरिनेछ । 

    कार रूपान्तरणको काममा काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययरत १६ जना विद्यार्थीलाई चार समुहमा विभाजित गरेर लगाइएको छ । जसको नेतृत्व अभिषेक मिश्र, तेजराज थारू, नविन मिश्र, विराज खरेल लगायतले गरेका छन् । त्यसको संयोजन भने इन्जिनियर विश्वास न्यौपानेले गरेका छन् ।

    ku-ev-4.jpg


    images
    images

    Logo