images
images

अमेरिकी सक्रियतापछि विश्व बजारमा तेलको मूल्य घट्यो, नेपालमा के होला ?


  • 1.2K
    SHARES
  • २०७८ मंसिर १३ गते सोमबार

    अमेरिकी  सक्रियतापछि विश्व बजारमा तेलको मूल्य घट्यो, नेपालमा के होला ?

    काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल  निगमका  अनुसार  करिब  एक  हप्ताअघि  प्रतिब्यारेल  ८२  डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ । 

    कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव र अमेरिकाले रणनीतिक भण्डारणबाट पाँच करोड ब्यारेल पेट्रोलियम पदार्थ निकासा गरेपछि कच्चा तेलको मूल्य घट्न थालेको निगमले जनाएको  छ  ।  

    निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, “कच्चा तेलको मूल्य बिस्तारै घट्न थालेको छ, विशेष गरी अमेरिकाले भण्डारण गरेको तेल बजारमा पठाउनु र कोरोनाको नयाँ भेरियन्टका कारण घट्ने सम्भावना छ, सुधारको सङ्केत देखिएको छ ।”

    निरन्तरको मूल्यवृद्धिले हरेक १५ दिनमा दुई अर्ब घाटा बेहोरिरहेको निगमले सञ्चित रकमबाट पूर्ति गरिरहेको छ। निगमसँग हाल सञ्चित रकम करिब छ अर्ब रुपैयाँ रहेको छ । पछिल्लो घाटालाई हेर्दा सो रकम तीन महिना पुग्ने देखिन्छ । मूल्य स्थिरीकरण कोषमा १२ अर्ब रुपियाँ सञ्चित छ, जुन रकम  चलाइएको  छैन  ।  

    स्थिरीकरण कोषको रकम निकासाका लाागि निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुमति दिनुपर्छ । कर्मचारी बोनसका लागि सञ्चित गरिएको रकम तीन अर्ब रुपैयाँ छ। सो रकम पनि नचलाइएको निगमका प्रवक्ता उपाध्यायले  बताए  ।  

    यी  सब  गर्दा  निगमसँग हाल २१ अर्ब रुपैयाँ रकम रहेको छ । अन्तर्राष्ट्रिय  बजारमा  तेलको  मूल्य  छिट्टै  नघट्ने  हो  भने नेपालको घाटा निगमले लामो समय थेग्न नसक्ने निगमले जनाएको  छ  ।  तत्कालका  लागि  सञ्चित  रकमबाट  कारोबार  गरिए पनि लामो समय टिक्न नसकिने उपाध्यायको भनाइ छ । 


    images
    images

    Logo