images
images

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र


  • 414
    SHARES
  • २०८२ जेठ १ गते बिहीबार

    चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

    चितवन । जिल्लाको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलव ८० प्रतिशत मात्र खर्च भएको छ । 

    कोष तथा लेखा नियन्त्रण कार्यालयले साउनयता हालसम्म पुँजीगत खर्च रु तीन अर्ब ९६ करोड ७३ लाख ५६ हजार ९२० भएको जनाएको हो ।
     
    जिल्लाको समग्र विकासका लागि रु आठ अर्ब ७८ करोड ४४ लाख ११ हजार ६९१ विनियोजन गरिएको थियो । जिल्लाका विकास निर्माण गर्ने आयोजनाले निर्माणको काम गरिरहेको भए पनि भुक्तानी मागको काम आवको अन्त्यमा गर्ने भएकाले पुँजीगत खर्च कम भएको कोष नियन्त्रक ऋषि अधिकारीले जानकारी दिए। 
     
    यो कार्यालयले चालु आवमा चालु खर्च ८० दशमलव २१ प्रतिशत गरेको छ । चालु खर्चका लागि रु १३ अर्ब छ करोड ७१ लाख २४ हजार ९८० विनियोजन गरिएकोमा रु १० अर्ब  ५१ करोड ९५ लाख २० हजार ८१० खर्च भएको छ । 


    images
    images

    Logo