काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस इतरका सत्ता साझेदार दलहरुको आलोचना गरेका छन् । नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलको आलोचना गरेका हुन् ।
‘म प्रधानमन्त्रीजीको आलोचना गर्न चाहन्न किनकी विशेष अतिथिको आमन्त्रण गरेर उहाँको आलोचना गर्न बाञ्छनीय हुँदैन,’ ओलीले भने, ‘उहाँलाई पनि गाह्रो होला, मलाई काम गर्न अप्ठ्यारो पार्नेहरु अहिले प्रधानमन्त्रीजीको खुट्टा समाइरहेका छन् ।’