images
images

‘तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध’


  • 381
    SHARES
  • २०८२ बैशाख १९ गते शुक्रबार

    ‘तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध’
    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखी साझा सङ्कल्पका साथ सरकार अघि बढिरहेको बताएका छन् ।
     
    सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सुशासन प्रवर्द्धनका लागि तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध रहेको उल्लेख गरे ।
     
    राष्ट्रपति पौडेलले भने, “प्रत्येक नेपालीलाई आफ्नो इतिहास र स्वाभिमान, सङ्घर्ष र बलिदान, परिवर्तन र उपलब्धिप्रति गौरवबोध गराउन, जनतामा राज्यप्रति थप आशा र भरोसा प्रदान गर्न, आर्थिक गतिशीलता बढाउन, भ्रष्टाचार नियन्त्रण र दण्डहीनता अन्त्य गर्न सरकार प्रतिबद्ध छ ।”


    images
    images

    Logo