images
images

दुई कम्पनीको शेयरमूल्य समायोजन, कतिमा हुँदैछ अबको कारोबार ?


  • 556
    SHARES
  • २०७८ मंसिर १० गते शुक्रबार

    दुई कम्पनीको शेयरमूल्य समायोजन, कतिमा हुँदैछ अबको कारोबार ?

    काठमाडौं । दुई कम्पनीको शेयरमूल्य आज समायोजन भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक र प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो । 

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो । बिहीबारको अन्तिम मूल्य ५३५.१० रुपैयाँमा आधारित भएर सो बैंकको शेयर ४८६.४६ रुपैयाँमा समायोजन भएको हो ।

    त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो । बिहीबारको अन्तिम मूल्य ८७० रुपैयाँमा आधारित भएर सो बैंकको शेयर ७५६.५२ रुपैयाँमा समायोजन भएको हो ।

    उक्त समायोजित मूल्यका आधारमा आइतबार बजारमा पहिलो कारोबार सुरु हुनेछ । 


    images
    images

    Logo