images
images

टेलिकमलाई फाइभजी परीक्षणको स्वीकृति


  • 337
    SHARES
  • २०७८ मंसिर १० गते शुक्रबार

    टेलिकमलाई फाइभजी परीक्षणको स्वीकृति

    काठमाडौं ।  नेपाल टेलिकमले पाँचौँ पुस्ताको मोबाइल प्रविधि फाइभजी’  परिक्षण  गर्ने  स्वीकृति  पाएको  छ ।  टेलिकमको नियामक  संस्था  नेपाल  दूरसञ्चार  प्राधिकरणको  गत  हप्ता  बसेको सञ्चालक समितिको बैठकले परीक्षण गर्न दिने निर्णय गरेको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । 

    प्राधिकरण  बोर्डले  परिक्षणको  अन्तिम  स्वीकृति  दिनुपूर्व  नै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अध्यक्षता रहने रेडियो फ्रिक्वेन्सी नीति  निर्धारण  समितिले  नेपाल  टेलिकमलाई  फाइभजी  परिक्षण  गर्न दिने  निर्णय  गरेको  थियो ।  समितिको  निर्णयपछि  प्राधिकरणले  गत साउनमा फाइभजीलगायत नयाँ प्रविधिको परिक्षणसम्बन्धी कार्यविधि २०७८’  जारी  गर्दै  कानुनी  बाटो  खुला  गरेको  थियो । 

     कार्यविधिमा फाइभजी  परिक्षणका  प्रावधान  उल्लेख  गरिएको  छ ।  जसअनुसार परिक्षणको अनुमति पाउने दूरसञ्चार सेवा प्रदायकले एक वर्षसम्मका लागि द‚तुर छुटमा फ्रिक्वेन्सी पाउनेछन् र उक्त समयपछि फ्रिक्वेन्सी र प्रयोग गरिएका उपकरण प्राधिकरणलाई फिर्ता गर्नुपर्ने हुन्छ ।  प्राधिकरण  बोर्डले  टेलिकमलाई  २६  सय  मेगाहर्ज  ब्यान्डमा फाइभजी परीक्षणका लागि ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय  गरेको  प्रवक्ता  पौडेलले  जानकारी  दिए । 

     उक्त  फ्रिक्वेन्सी टेलिकमले  परीक्षण  अवधि  सकिएपछि  भने  प्राधिकरणलाई  नै  फिर्ता गर्नुपर्ने छ ।   बोर्डको  निर्णयसहितको  पत्र  प्राधिकरणले  टेलिकमलाई दिएपछि   फाइभजी   परीक्षणको   तयारि   थाल्नुपर्नेछ ।  टेलिकमले यसअघि  काठमाडौँ,  पोखरा,  विराटनगर  र  वीरगञ्जमा  फाइभजी परीक्षण गर्ने योजना सार्वजनिक गरेको थियो । 


    images
    images

    Logo