काठमाडौं । काठमाडौं महानगरपालिका-१ नक्साल भगवतीबहालस्थित बिशाल ग्रुपले निर्माण गर्दै गरेको कल सेन्टर अफिसको ४ तलाबाट खसेर काठमाडौं सोह्रखुट्टे बस्ने भारत झारखण्ड घर भएका ३४ वर्षीय अथर आलमको बुधबार दिउँसो मृत्यु भएको छ ।
उक्त तलामा लेवर काम गर्ने क्रममा एक्कासि भुइँमा खसेर गम्भीर घाइते भएका उनको कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित होटल सम्पुर्णको कोठामा काठमाडौं चप्पल कारखाना बस्ने चितवन रत्ननगर-९ घर भएका ४० वर्षीय जयराम वगाले बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी : ईनरुवा नगरपालिकाको १ क २०४२ नम्बरको टिपरको ठक्करबाट साइकयात्री हाल नाम, थर, वतन, नखुलेका अन्दाजी २८ वर्षीय पुरुषको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ : तुलसीपुर उपमहानगरपालिका-६ सुकौरा रोडमा रा १ त ३३५६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही उपमहानगरपालिका(५ गाईडर बस्ने सुकमती बिककी छोरी ५ वर्षीया सुन्तली बिकको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन : राप्ती नगरपालिका-२ श्रीदेवी चोकमा बागमती प्रदेश ०३-००१ च १२७५ नम्बरको बलेरोको ठक्करबाट पैदलयात्री मकवानपुर मनहरी गाउँपालिका(६ बस्ने ४५ वर्षीय रघुनाथ श्रेष्ठको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बेलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सप्तरी : छिन्नमस्ता गाउँपालिका-६ खुदिबखारी बस्ने ९७ वर्षीय मुक्तिलाल मण्डल सोही गाउँपालिका-३ स्थित आँपको बगैंचामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



