images
images

९ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ३२ प्रतिशत मात्रै


  • 453
    SHARES
  • २०८२ बैशाख ९ गते मंगलबार

    ९ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ३२ प्रतिशत मात्रै

    बागमती । आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा बागमती प्रदेश सरकारले ३२.५१ प्रतिशत बजेटमात्र खर्च गरेको छ ।

    प्रदेश सरकारले आव २०८१/८२ को साउनदेखि चैतसम्ममा पुँजीगततर्फ २८.२४ प्रतिशत र चालुतर्फ ४०.५१ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले जानकारी दिए । उनका अनुसार चालु आव २०८१/८२ को नौ महिनामा पुँजीगततर्फ १० अर्ब ४९ करोड सात लाख ११ हजार रुपैयाँ र चालुतर्फ १० अर्ब ४९ करोड सात लाख ५५ हजार रुपैयाँ गरी २० अर्ब ९८ करोड १४ लाख ६६ हजार रुपैयाँ बजेट प्रदेश सरकारले खर्च गरेको छ ।
     
    प्रदेश सरकारले आव २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको थियो । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ६८.४३ प्रतिशत, प्रदेशसभा सचिवालयले ४३.६९ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १६.४३ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ । 

    आवको पहिलो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको र केही महिनाअघिबाट मात्र कतिपय योजना कार्यान्वयनमा गएकाले अहिले खर्च कम देखिएको सूचना अधिकारी सञ्ज्यालले बताए । 


    images
    images

    Logo