images
images

भीम रावलको उम्मेदवारीप्रति ओलीले भने, 'पार्टीमा एकता छैन भन्ने देखाउनु राम्रो होइन'


  • 341
    SHARES
  • २०७८ मंसिर ९ गते बिहीबार

    भीम रावलको उम्मेदवारीप्रति ओलीले भने,  'पार्टीमा एकता छैन भन्ने देखाउनु राम्रो होइन'

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले अध्यक्षमा उठ्ने घोषणा गरेकोमा असन्तुष्टि जनाएका छन् ।

    भुषण दाहालको ब्राभो डेल्टा शो नामक कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले महाधिवेशनमा उम्मेदवारी दिने समयमा उम्मेदवारी दिनसक्ने भए पनि बाहिर प्रचार गरेर पार्टीमा एकता नभएको सन्देश दिन खोज्नु राम्रो नभएको बताएका हुन् । 

    उनले आगामी महाधिवेशनमा भीम रावल बाहेक सबैले आफूलाई नै अध्यक्षको रुपमा देखेको दाबी समेत गरे । ‘तपाइँ अध्यक्ष नदोहोरिँदा देशले के गुमाउँछ ?’ प्रश्नमा ओलीले भने, ‘गुमाउने भएरै होला साथीहरुले फेरि दोहोरिन जोडबल गर्नुभएको ।’ 


    images
    images

    Logo