images
images

पेट्रोलियमको मूल्य घटाउन प्रधानमन्त्री देउवा सकारात्मक


  • 389
    SHARES
  • २०७८ मंसिर ९ गते बिहीबार

    पेट्रोलियमको मूल्य घटाउन प्रधानमन्त्री देउवा सकारात्मक

    मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रणका लागि सकारात्मक पहल लिने बताएका छन् । मूल्य वृद्धिविरुद्ध बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेका छ विद्यार्थी संगगठनलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताए । 

    ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकायसँग परामर्श गरेर सकारात्मक निर्णय लिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले सम्भव भएसम्म समायोजन गर्ने प्रयास हुने अश्वासन दिए । 

    प्रधानमन्त्री निवास बालुवाटारमा अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, विप्लव निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।


    images
    images

    Logo