काठमाडौं । कोभिडबाट मृत्यु भएका योगदानकर्ताको आश्रित परिवारलाई नागरिक लगानी कोष (सीआईटी) ले १ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । हालसम्म कोषमा सहभागी भइ योगदान गरेका ८४ जनाको आश्रित परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
कोषले गत साउन ५ गतेसम्म कोभिडबाट मृत्यु भएका व्यक्तिको आश्रित परिवारलाई उक्त रकम उपलब्ध गराउदै आइरहेको छ । कोष अन्तर्गत रहेको कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम हस्तान्तरण गरिएको सीआईटीले जनाएको छ ।
बुधबार मात्रै कोषको बुटवल शाखाले कोभिडबाट मृत्यु भएका कन्हैया थारुको श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक हस्तारण गरेको थियो । रकम बुझेपछि थारुले कोषबाट प्राप्त उक्त रकमले आफुलाई राहत पुगेको बताइन् ।