images
images

लघुवित्तका सीईओको कुलिङ पिरियडमा राष्ट्र बैंकको थप कडाइ


  • 474
    SHARES
  • २०७८ मंसिर ७ गते मंगलबार

    लघुवित्तका सीईओको कुलिङ पिरियडमा राष्ट्र बैंकको थप कडाइ

    काठमाडौं ।  लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको कुलिङ पिरियडका सम्बन्धमा राष्ट्र बैंक थप कठोर भएको छ । लघुवित्त वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशनमा नेपाल राष्ट्र बैंकले यस्तो कडा नीति लिएको हो । 

    यसअघि एउटा लघुवित्त संस्थाबाट प्रमुख कार्यकारी अधिकृतको सेवा निवृत्त भएका व्यक्तिले ६ महिनासम्म अर्को संस्थाको प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने व्यवस्था गरिएको थियो । तर, अब यो अवधिमा उनीहरुलाई कुनै पनि हैसियतमा का मगर्न प्रतिबन्ध लगाइएको छ । 

    यो प्रतिबन्धसँगै अब निवृत्त प्रमुख कार्यकारी अधिकृतहरु तत्कालै अर्को संस्थाको सञ्चालक बन्न वा उच्च व्यवस्थापकीय तहमा जाने सम्भावना समेत अन्त्य भएको छ । 


    images
    images

    Logo