images
images

मानुषी लघुवित्तको शेयरमा १२ दिनदेखि निरन्तर सर्किट, पीई रेसियो २५० पुग्यो


  • 548
    SHARES
  • २०७८ मंसिर ७ गते मंगलबार

    मानुषी लघुवित्तको शेयरमा १२ दिनदेखि निरन्तर सर्किट, पीई रेसियो २५० पुग्यो

    काठमाडौं । मानुषी लघुवित्तको शेयरमा १२ दिनदेखि निरन्तर सकारात्मक सर्किट लागेको छ । केही समय अघि मात्रै आईपीओ जारी गरेर दोस्रो बजारमा कारोबार खुला भएको सो लघुवित्तको शेयरमूल्य निरन्तर उकालो लागेको हो । 

    नोभेम्बर ३ तारिखका दिन सो कम्पनीको शेयरमूल्य ६ सय ९७ रुपैयाँ थियो । योबीचमा बजारमा १२ करोबार दिनमा कारोबा भएकोमा मूल्य निरन्तर १० प्रतिशतका दरमा बढ्दै गएको हो । आजको अन्तिम कारोबारसँगै मानुषीको शेयर २ हजार रुपैयाँ नजिक पुगेको छ । 

    किन बढ्दैछ मूल्य ?

    मूल्य बढे पनि अहिलेसम्म सो कम्पनीको वित्तीय सूचक भने त्यति सकारात्मक छैन । आईपीओ जारी गरेपश्चात १० करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी पुगेको सो कम्पनीको त्रैमासको रिपोर्ट अनुसार प्रतिशेयर आम्दानी ८ रुपैयाँ मात्रै छ । अहिलेको मूल्य हेर्दा मूल्य आम्दानी अनुपात झन्डै २ सय ५० गुणा हो  । 

    कुनै शेयरको मूल्य आम्दानी अनुपात जति धेरै हुन्छ लगानी उति नै जोखिमयुक्त रहेको मानिन्छ । यद्यपि अहिले बजारमा लघुवित्त कम्पनीको शेयरमूल्य तुलनात्मक रुपमा धेरै भएका कारण यो कम्पनीमा पनि लगानीकर्ताहरु झुम्मिएका हुन् । 


    images
    images

    Logo