काठमाडौैं । मंगलबारको शेयर बजारमा भारी गिरावट आएको छ । सो दिन बजार परिसूचक नेप्से ३२.२९ अंकले घटेको हो । यो गिरावटसँगै परिसूचक २ हजार ७ सय ३३ दशमलव १४ अंकमा झरेको छ ।
आज बजारमा ४ अर्ब १६ करोड रुपैयाँ बराबरका ७४ लाख ४८ हजार कित्ता शेयर किनबेच भएको छ । आज बजारमा १ सय ७१ कम्पनीको मूल्य घट्दा १४ कम्पनीको मूल्य मात्रै बढेको छ । २ कम्पनीको मूल्य मात्रै स्थिर छ ।
आज बजारमा अन्य समूह बाहेक सबै उपसूचकमा गिरावट आएको छ । विकास बैंक र हाइड्रोपावर समूहमा सबैभन्दा बढी २ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । बजारमा मानुषी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आईसीएफसी फाइनान्स, एनआईबीएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको छ ।