काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई महाधिवेशनमा निम्ता दिन नमिलेको बताएका छन् । अनुशासन विपरित काम गरेर पार्टीको अनुशासनको कारबाहीमा परेको भन्दै उनलाई निम्ता दिन नमिलेको ओलीले प्रष्ट पारेका हुन् ।
ओलीले नेकपा समाजवादीलाई माधव नेपालले जम्मा गरेको गरेको निष्कासित व्यक्तिहरुको झुण्ड समेत भनेका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार सम्पादकसँग गरिएको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।