काठमाडौं । आकाशमा जहाज उड्दाउड्दै पाइलटको ड्युटी समय सकियो र उसले प्लेन उडाउँदिन भन्यो भने के हुन्छ ? यस्तै घटना भएको छ त्यो पनि नेपालमा !
नेपाल एयरलाइन्सका एक पाइलटले आकाशमा उड्दाउड्दै ड्युटी सकिएको भन्दै गन्तव्यमै नपुर्याई प्लेन अवतरण गरिदिएका छन् । काठमाडौंबाट रुकुमका लागि उडेको नेपाल एयरलाइन्सको ट्विनटर विमानलाई पाइलट पेम्बा शेर्पाले नेपालगञ्जमै अवतरण गरिदिएका हुन् । यो घटना हिजोको हो ।
सोमबार शेर्पाको ड्युटी बिहान साण्े ५ बजेदेखि बेलुकी ४ बजेसम्म मात्रै थियो । तर, आकाशमै उड्दाउँड्दै ४ बजेपछि उनले प्लेनलाई बीचमै अवतरण गरिदिएका हुन् । यात्रुले प्लेन अवतरण भएपछि मात्रै आफूहरु नेपालगञ्ज आइपुगेको थाहा पाएका थिए ।
यसबारे नेपाल एयरलाइन्सले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै पाइलट शेर्पामाथि छानबिन गरी कारबाही गर्ने बताइसकेको छ ।



